वुधबार भारतको मुम्बइ क्यानेडियन पप स्टार जस्टिन बिबरको नाममा रह्यो । जस्टिनलाई हेर्न हजारौ फ्यान कन्सर्ट स्थल पुगे । जस्टिनको क्रेजले बलिउड कलाकारलाई पनि छोयो ।

यसमा, अभिनेता करण सिंह ग्रोवर र अभिनेत्री विपाशा वासु पनि रहन पुगे । यी दुइलाई पनि जस्टिनको क्रेजले छोयो । कन्सर्ट हेर्न पुगेका करण र विपाशाको बोन्डिङ गजबको थियो । विपाशा छोटो पहिरनमा थिए भने करणले पनि स्टाइलिस पहिरन लगाएका थिए ।

करणले त, विपाशाको जस्तै आफ्नो कपालमा सानो चोटी बनाएका थिए । तर, यी दुई स्टेडियममा छिरेको ५ मिनेटमै बाहिर निस्किए । आफ्नो बडिगार्ड लिएर नआएका कारण बस्न नसकेको भन्दै उनीहरु बाहिरिएका थिए ।

For More videos Log on to Mazzako TV