अभिनेता रणवीर सिंह र निर्देशक रोहित सेट्टीले केही समय अगाडि एउटा विज्ञापनमा काम गरे । एक चाउचाउको विज्ञापनले एकदमै चर्चा पाइरहेको छ ।

यसपछि, यी दुइले एकसाथ काम गर्न लागेको खबर लामो समयदेखि चलिरहेको थियो । तर, यो खबरको पुष्टी भएको थिएन । रोहितले अजय देवगण, साहरुख खान जस्ता कलाकारसँग काम गरिसकेका छन् ।

अब, उनले बलिउडका उदाउँदा स्टार रणवीर सिंहलाई लिएर नयाँ फिल्म बनाउन लागेको पुष्टी गरेका छन् । उनले भने-‘हो, म रणवीरलाई लिएर नयाँ फिल्मको योजना बनाइरहेको छु । हामी अहिले छलफलमा छौ ।’निर्देशक सेट्टी अहिले फिल्म ‘गोलमाल एगेन’को निर्देशन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV