तीन दिन अगाडी सार्वजनिक गरिएको फिल्म ‘ग्याङस्टार ब्लुज’ को टिजर नेपालको नम्वर वान युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । नव नायक आशिरमान देशराज जोशी र नायिका आना शर्माको मुख्य भूमिका रहेको यो एक्सन लभ स्टोरी फिल्मको टिजरले सलमान खानको ‘ट्युवलाइट’ लाई समेत पछि पार्दै नम्वर वान ट्रेन्डिङमा पर्न सफल भएको हो । टिजर हेर्नुस् :

हेमराज विसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’ मा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा ठकुरी, प्रमोद अग्रहरी लगायत कलाकारहरुको अभिनय रहेको छ । सरोज न्यौपानेको निर्माण रहेको फिल्म भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजरले चर्चा पाएसँगै ‘ग्याङस्टार ब्लुज’ थप प्रतिक्षित बन्न पुगेको छ ।

For More videos Log on to Mazzako TV