अभिनेत्री दिसा पटानी अहिले आफ्नो सबै काम आफै सम्हालिरहेकी छिन् । दिसाले यसो गर्नुको पछाडि, उनको पीआर टीमसँगको झगडा हो ।
दिसा र उनको पीआर टीमसँग झगडा परेपछि उनले सबै टीमसँग सम्बन्ध तोडेकी हुन् । जसकाकारण, उनले अहिले फिल्मको कामदेखि विज्ञापन र अन्य काम आफै सम्हालिरहेकी छिन् ।

दिसालाई अभिनेता सुशान्त सिंह राजपुतसँग दोश्रो फिल्म पनि अफर गरिएको थियो, तर उनले यो फिल्मलाई नाई भनिन् । यो कुरा स्वयंम दिसाले मिडियालाई जानकारी दिएकी छिन् ।

मिडियामा आउने खबर, मिडियासँग सम्पर्कदेखि फिल्म संझौतासम्मको काम पीआर टीमले गरिरहेका हुन्छन् । तर, अहिले दिसा यी सबै काम आफै सम्हाल्न वाध्य भैरहेकी छिन् ।

For More videos Log on to Mazzako TV