फिल्म ‘दंगल’मा अभिनेता आमिर खानकी प्रेमिकाको रुपमा देखिएकी थिइन् फातिमा सना सेख । यो फिल्ममा उनले निर्वाहा गरेको भूमिकालाई लिएर प्रशंसाा भयो । उनै, फातिमा अभिनेता आमिर खानसँग नयाँ फिल्म ‘ठग अफ हिन्दुस्तान’मा काम गर्दैछिन् ।

यो फिल्ममा भने उनी आमिरकी प्रेमिकाको रुपमा देखिदैछिन् । पहिलो फिल्ममा छोरी बनेकी अभिनेत्री दोश्रो फिल्ममा प्रेमिका बन्ने भएपछि सामाजिक संजालमा यसले खुबै चर्चा पायो ।

यस बिषयमा फातिमाले भनेकी छिन्-‘मलाइ थाहा थियो कि मानिसहरुले यसलाई गलत रुपमा वुझ्नेछन् । तपाई नै भन्नुहोस् कि, यदि मैले आमिर सरसँग फिल्म ‘दंगल’मा काम नगरेर एकैपटक यो फिल्ममा काम गर्नुपर्ने भएको भए के मैले नाई भन्थेँ होला । यदि कसैले मलाई साहरुख खानसँग फिल्ममा काम गर्ने हो भन्यो भने म तुरुन्तै अगाडि बढ्नेछु । यती ठूला स्टारको साथमा काम गर्न पाउँदा को तयार हुँदैन होला ?’

यशराज फिल्मको व्यानरमा बन्न लागेको यो फिल्ममा अभिनेता अमिताभ बच्चन पनि मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV