दिपेश सापकोटा लेखन तथा निर्देशित फिल्म ‘मन्दिरा’ को ट्रेलर रिलिज भएको छ । असार २ गते रिलिज मिति तय गर्दै सस्पेन्स कथामा बनेको फिल्म ‘मन्दिरा’ को ट्रेलर रिलिज भएको हो । ट्रेलरबाट कुनै युवतीलाई लिएर उपन्यास लेखिरहेको युवकको कथा बुझ्न सकिन्छ ।

फिल्ममा नरेन खड्का,जेबिडिसी, प्रभन भुसाल, लक्ष्मि बस्नेत, राजन ढुङगाना, सम्झना श्रीपाली, राजन सुबेदी लगायतको अभिनय रहेको छ । यस्तो छ मन्दिराको ट्रेलर :

करुणा अर्याल र उज्जल अर्यालको निर्माणमा बनेको फिल्म ‘मन्दिरा’ का सन्तोस सेडाई सह निर्माता हुन् । फिल्ममा संगीत देब राईको संगीत तथा देब र अन्जली राईको स्वर रहेको छ । अर्जुन बिसीको कारियोग्राफी रहने छ । अष्ट महर्जनको द्धन्द्ध दिर्नेशन रहेको फिल्मका उज्वल ढकाल सम्पादक हुन् ।

For More videos Log on to Mazzako TV