फिल्म ‘म यस्तो गीत गाउँछु’ को सम्पूर्ण अडियो गीतहरु रिलिज गरिएका छन् । संगीतकार अर्जन पोखरेलले सुदर्शन थापा निर्देशित फिल्ममा तीन फरक फरक लयका गीतहरु तयार छन्, जुन गीतहरु दर्शक तथा श्रोताले रुचाउने पक्का छ । पल शाह र पूजा शर्मा फिचरिङ ‘भन्छु आज’ बोलको गीति भिडियो सार्वजनिक भैसकेको छ जसलाई रुचाइएको छ । अडियो सुन्नुस् :

‘भन्छु आज’ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ भने शब्द निर्देशक थापाले तयार गरेका छन् । यस्तै ‘कहाँ छ र’ बोलको मन छुने गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर छ । शब्द दिग्गज धौरालीले कोरेका छन् । यता डान्सिङ नम्वरको ‘किन आजकाल तिम्रो मन’ मा संगीतकार पोखरेल आफैंले स्वर दिएका छन्, शब्द अम्बिका शर्माको छ । लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्मलाई संजय लामाले खिचेका छन् ।

For More videos Log on to Mazzako TV