स्वं. डायमण्ड शमशेरको ऐतिहासिक कृतिमाथी बनिरहेको चलचित्र ‘सेतो बाघ’मा जंगबहादुरको भुमिकामा कलाकार बि. एस. राणालाई देख्न पाईने भएको छ ।

नीर शाहले निर्देशन गरिरहेको यस चलचित्रमा सबै नवकलाकारहरु भए पनि क्यारेक्टरले मागेको ठाँउमा भने नीरले पुराना कलाकारहरुलाई पनि लिईरहेका छन् । यसअघि उनले ‘सेतो बाघ’मा हाँस्यकलाकार राजाराम पौडेललाई पनि प्रवेश गराएका थिए ।

‘राजा सहेवले सेतो बाघमा कम्प्रमाईज गर्नु भएको छैन’, सुटिङ्ग स्पटबाटै जंगबहादुरको पहिरनमा सजिएका राणाले भने ‘मेरो पृष्टभुमि थिएटर नै भएपनि यस पटक उहाँले काममा मलाई निकै चुनौती दिईरहनुभएको छ ।’

bs2

आजबाटै सुटिङ्ग जोईन गरेका राणालाई एउटा डाईलगका लागि पाँच टेकभन्दा बढी लिइएको पनि देखिएको छ ।

यतिबेला चलचित्र ‘सेतो बाघ’को केशर महलमा इन्डोर सुटिङ्ग चलचिरहेको छ । चलचित्रको तीस प्रतिशत सुटिङ्ग सकिएको छ । सेतो बाघ कृति माथी चलचित्र र टेलिश्रंखला दुबै एकैसाथ बन्दैछ । चलचित्रमा जंगबहादुरको अन्तिम ३० दिनलाई उतारिदैछ भने बाँकी कथालाई टेलिश्रंखलामा हेर्न पाईनेछ ।

For More videos Log on to Mazzako TV