फिल्म ‘प्रेम गीत २’ को ‘मोटर साइकलमा’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । रेनशा राईको कोरियोग्राफी रहेको भिडियोमा नायक प्रदिप खड्का र नायिका स्वस्तिमा खड्का मुख्य रुपमा फिचरिङ छन् । साथमा फिल्मकी नायिका अश्लेषा ठकुरी हुन् पनि केही दृश्यमा छिन् । भिडियो हेर्नुस् :

राजेश कुमार श्रेष्ठ र बबिनको शब्द रहेको गीतको संगीत एलिस कार्कीले गरेका छन् । गीतमा प्रताप दास र इन्दिरा जोशीको स्वर रहेको छ । आशुषेन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् भने निर्माण सन्तोष सेनले गरेका हुन् । फिल्म साउन १३ देखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV