वर्षा सिवाकोटी र सुशिल श्रेष्ठ अभिनित फिल्म ‘कारखाना’ को ट्रेलर रिलिज भएको छ । सोमबार राजधानिमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।

एक्सन र लभ स्टोरी कथामा बनेको फिल्म ‘कारखाना’मा वर्षा र सुशिल सगै नविन लम्साल, जेविका केसी, बिकाश उप्रेती, सुपि थापा, रजक शााही, सौगात धिताल, घनश्याम गिरी, सुजित केसी लगाएतको अभिनय रहेको छ । अनिल शाही, हर्कुलेश बस्नेत तथा कल्याण सिहंको संगित रहेको फिल्ममा कबिराज गहत्राजले कोरियोग्राफी  गरेका छन् । यस्तो छ ट्रेलर :

असार १६ मा रिलिज हुने फिल्म ‘कारखाना’ अमरदीप सापकोटाको कथा तथा निर्देशनमा बनेको हो । सुदीप खड्का र अमर बज्राचार्यको निर्माणमा बनेको फिल्मका सह–निर्माताहरु सुर्यान्स खड्का र समर्पण बज्राचार्य हुन् । चन्द्र पन्तले द्धन्द्ध निर्देशन गरेको फिल्मलाई अनन्त घिमिरेले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV