नायिका श्वेता खड्काले क्यान्सर पिडित युवतीको उपचारर्थ आर्थिक सहयोग गरेकी छिन् । श्वेता श्री फाउण्डेशन मार्फत भत्तपुरकी १९ वर्षिय सृजना बललाई श्वेताले पचास हजार रुपैयाँ सहयोग गरेकी हुन् । श्वेताले आइतबार सृजनाकी आमालाई उक्त रकम हस्तान्तरण गरिन् ।

‘उहाँहरुलाई निकै गाह्रो भैरहेको रहेछ’ श्वेताले भनिन्, ‘मलाई खोज्दै आउनु भयो । मैंले आफुले सक्ने सहयोग गरेको हुँ ।’ भत्तपुर अस्पतालमा उपचाररत सृजनाको सहयोग गर्न श्वेताले सबैलाई अपिल समेत गरिन् । उनलाई ठुलो आन्द्रामा क्यान्सर भएको छ । हाल किमो चलिरहेको छ । उसो त श्वेता आफैं पनि फाउण्डेशन मार्फत सिन्धुपाल्चोकको माझी बस्ती निर्माण गर्न लागि परेकी छिन् भने फिल्म ‘कान्छी’ पनि सुटिङको तयारीमा छ ।

For More videos Log on to Mazzako TV