अभिनेता आमिर खानको क्रेज चीनमा खुबै देखिएको छ । भारतमा प्रदर्शन भएको केही महिनापछि उनी अभिनित फिल्म ‘दंगल’ अहिले चीनमा प्रदर्शन भैरहेको छ । चीनमा यो फिल्म रिलिज भएको ३ दिनमै करिब ७२ करोड भारतीय रुपैयाँ व्यापार गरेको छ । चीनका करिब हजार हलमा यो फिल्म रिलिज भएको थियो । फिल्मको प्रमोशनका लागि अभिनेता खान केही समय अगाडि चीन पनि पुगेका थिए । चीनबाटै फिल्मले डेढ सय करोडको आँकडा पार गर्ने देखिएको छ । भारतमा यो फिल्मले ३८६ करोडको नेट व्यापार गरेको थियो ।

For More videos Log on to Mazzako TV