‘पशुपति प्रसाद’ जस्तो सफल र प्रशंसित फिल्म बनाएका निर्देशक दिपेन्द्र के.खनाल र लेखक तथा अभिनेता खगेन्द्र लामिछाने मिलेर बनाएको दोश्रो फिल्म ‘धनपति’ को मोसन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक मोसन पोस्टर सरल र आकर्षक छ । पोस्टरमा खगेन्द्र, नायिका सुरक्षा पन्त र बाल कलाकार सुरवी बर्तौला साइकलमा चढेका छन् । मोसन पोस्टर हेर्नुस् :

असार २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘धनपति’ मा खगेन्द्र, सुरक्षा र सुरवीसँगै कलाकारहरु आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको अभिनय रहेको छ । जेठमा फिल्मको ट्रेलर रिलिज हुने निर्देशक खनालले जानकारी दिए ।

ओम गुरुङ सह निर्माता रहेको फिल्म ‘धनपति’ मा रञ्जना नापित र समिर देवकोटा सह निर्माताको रुपमा रहेका छन् । खगेन्द्रकै लेखन रहेको फिल्ममा रोजिना सिटौला निर्मात्रीको रुपमा रहेकी छिन् ।

For More videos Log on to Mazzako TV