कलाकार हरिवंश आचार्यको को दोस्रो कृति ‘हरिबहादुर’ उपन्यास सार्वजनिक भएको छ । एक कार्यक्रमका बिच महजोडीका मदनकृष्ण श्रेष्ठले ‘हरिबहादुर’ उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा हरिवंशले ‘हरिबहादुर’ उपन्यास भित्र के छ, हरिबहादुरकै शैलिमा प्रहसन समेत गरेका थिए । साथमा नक्कली ऋषि धमला बनेर आएका सुमन कार्कीले हरिबहादुरलाई प्रश्न गरेर माहौललाई हँसाएका थिए । मदन कृष्णले भने, ‘मेरो परम मित्र, मेरो जिन्दगी, मेरो भाइ, मेरो आफ्नो मान्छे भन्नु कोही छ भने हरिवंश हो । उसको किताब निस्किनु मेरो लागि ठूलो खुसीको कुरा हो ।’


कार्यक्रममा बुद्धिसागरले हरिवंशसँग किताब लेख्नुको कारण र लेखन प्रक्रियाको बारेमा प्रश्नोत्तर गरेका थिए । बुद्धिसागरले आफू लगायत केही लेखकलाई रुन्चे लेखक भनेर आरोप लाग्ने गरेको बताउँदै हँसाउने पुस्तकको रुपमा हरिबहादुरले फरक भूमिका निर्वाह गर्ने बताए । ‘हरि दाइले एकदम दुःखद घटनालाई पनि उपन्यासमा त्यति धेरै दुःखी रुपमा लेख्नुभएको छैन, दुःखमा पनि हास्यरस भेटिन्छ’, उनले भने, ‘हास्यरस मिसाएर नेपालमा केही लेखकले लेखे पनि आख्यानमा जुन खाली पोस्ट थियो, त्यसमा हरिबहादुरले गोल गरेको छ भन्ने मलाई लाग्छ ।’

चितवन, पोखरा, बुटवल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, विर्तामोड, विराटनगर, धरान र सिन्धुलीमा हुने पुस्तक यात्राका क्रममा स्थानीय पाठकले लेखक हरिवंशसँग अन्तरक्रिया गर्न र पुस्तकमा हस्ताक्षर गराउने बताईएको छ । सो क्रममा हरिवंश आचार्यको प्रहसन पनि हुने जनाइएको छ ।

For More videos Log on to Mazzako TV