महानायक राजेश हमालले स्थानिय निर्वाचनका लागि नेकपा एमालेलाई भोट मागेका छन् । आफ्ना छिमेकी पर्ने वडा २६ बाट एमालेको तर्फबाट वडा अध्यक्षमा उठेका देवेन्द्र पौडेलको पक्षमा महानायक हमालले शनिबार भोट माग्दै हिंडेका हुन् ।

महानायक माथि यस्तो पनि आरोप छ कि, सोही वडाका अर्का अध्यक्षका एमालेका दावेदार अर्जुनलाल प्रधानको टिकट खोसेर उनले देवन्द्रलाई टिकट दिलाएका हुन् । यसको लागि महानायकले अध्यक्ष केपी शर्मा ओलीलाई लविङ समेत गरेको बताइन्छ । हमाल हालसम्म कुनै पनि पार्टीको पक्षमा खुलेर देखिएका थिएनन् । स्थानिय निर्वाचनमा एमालेलाई भोट माग्न हिंडे सँगै भने उनको एमाले पार्टी प्रति आस्था रहेको बुझ्न सकिन्छ । के हमाल एमालेमा प्रवेश गर्लान् ?

For More videos Log on to Mazzako TV