अभिनेता ऋतिक रोशन र उनकी पूर्व पत्नी सुजैनविच डिभोर्स भएको त केही समय भयो । यी दुइ अलग अलग बस्दै पनि आएका छन् । तर, जब छोराहरुको कुरा आउँछ, यी दुइ एक हुन्छन् ।

विश्वभर तहल्का मच्चाइरहेको साउथ फिल्म ‘बाहुवली २’ हेर्न अभिनेता ऋतिक रोशन आफ्नी पूर्व पत्नी सुजैनसँग पुगेका छन् । ऋतिक र सुजैनका साथमा उनीहरुका २ छोरा पनि हलमा पुगेका थिए ।

फिल्म हेरेर उनीहरु एउटै कारमा फर्किएका पनि थिए । सुजैन र ऋतिकले वैवाहिक सम्बन्धबाट अलग भएपनि छोराहरुका लागि पनि सम्बन्ध सुमधुर राखिरहेका छन् । केही दिन अगाडि मात्र यी दुइले छोराको जन्मदिन पनि एकसाथ मनाएका थिए ।

For More videos Log on to Mazzako TV