तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ लाई अमेरिकाको कोलोराडोमा दर्शकले रुचाएका छन् । सिनेमा हेरेपछि दर्शकहरुले चलचित्रले मन छोएको प्रतिक्रिया दिएका छन् । नेपालमा प्रर्दशन भईसकेको यो सिनेमा यतिबेला अमेरिकाका विभिन्न राज्यहरुमा प्रर्दशन भईरहेको छ ।


कोलोराडोको वेस्टमिनिस्टर स्थित ए एम सि सिनेमाहलमा गरिएको चलचित्रको बिशेष शोमा नायिका साहारा कार्की सहित निर्मात्री साबु गदाल कार्की र रबि कार्कीको पनि उपस्थिती रहेको थियो । त्यस्तै गायिका मिरा राणा, पुर्व मिस नेपाल ईशानी श्रेष्ठ, गायक नवराज श्रेष्ठ लगायत कोलोराडोका स्थानिय ब्यासायी, कलाकार, विभिन्न संघसंस्थाका पदाधिकारीहरु पनि सिनेमा हलमा पुगेका थिए । विशेषत चलचित्र हेर्न नेपाली, नेपाली भाषी भुटानी तथा भारतीयहरुको उपस्थिति देखियो ।

कोलोराडोमा चलचित्रलाई मिलेको प्रतिक्रियाले आफु पुन: अर्को चलचित्र बनाउन हौसिएको निर्मात्री साबु गदाल कार्कीले मज्जाको अनलाईनलाई प्रतिक्रिया दिईन् । चलचित्रमा नायिका साहारा कार्कीसँगै पुष्पल खड्का, फिरोज तिमल्सिना, श्रद्धा प्रसाई लगायतको अभिनय रहेको छ ।

तस्वीर – यु एस नेपाल न्युज

For More videos Log on to Mazzako TV