पाठे घरको क्यान्सरपछि अभिनेत्री मनिषा कोइरालाले फिल्म ‘डियर माया’ बाट जर्बजस्त कमब्याक गरेकी छिन् । क्यान्सर रोग लागेपछि केही बर्ष उनी बलिउडबाट टाढा थिइन् । तर, उनले एक संवेदनशिल बिषयमा बनेको फिल्मबाट कमब्याक गर्न लागेकी हुन् । मनिषाको मुख्य भूमिका रहेको फिल्म ‘डियर माया’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा मनिषा एक पाकी पिडित महिलाको भूमिकामा देखिएकी छिन् । ट्रेलर :

सिमलामा हुर्किएका २ किशोरी र मायादेवीको कथालाई यो फिल्मले उठान गरेको छ । एक यूवतीले मायादेवीको प्रेमी बनेर झुटो लभ लेटर लेखेपछि उनको जीवनमा आउने परिवर्तनमा फिल्म तयार भएको छ ।

For More videos Log on to Mazzako TV