अभिनेता आमिर खानको मुख्य भूमिका रहने फिल्ममा अभिनेत्रीको अभाव भयो भन्ने सुन्दा तपाइलाई अचम्म लाग्यो होला ? तर, अहिले यस्तै भएको छ ।

यशराज ब्यानरले निर्माण गर्न लागेको ‘ठग अफ हिन्दुस्तान’ फिल्मका लागि अभिनेत्रीको अभाव भएको छ । यो फिल्ममा अभिनेता आमिर खान र अमिताभ बच्चनको मुख्य भूमिका रहनेछ ।

तर, फिल्मको लिडिङ लेडी फाइनल गर्न सकिएको छैन । जसले गर्दा, यो महिनाबाटै छायांकनमा जानुपर्ने फिल्मको काम सुरु हुन सकेको छैन ।

खबरअनुसार, यसपटक यशराजले सेकेन्ड अभिनेत्री फिल्मका लागि पाइसकेको छ । तर, मुख्य अभिनेत्री नहुँदा फिल्मको छायांकन सुरु हुन नसकेको हो । ‘दिल तो पागल हे’मा मादुरी दिक्षित फाइनल भैसकेपछि लिडिङ अभिनेत्री फाइनल गर्न यशराजलाई अप्ठ्यारो परेको थियो ।

For More videos Log on to Mazzako TV