फिल्म खेल्ने अनि प्रचार प्रसारमा नहिंड्ने कलाकारको बानी पुरानै हो । विशेष गरी चलेको हिरो हिरोइनको यस्तो बानीबाट निर्माता तथा निर्देशक आजित छन् । जेठ २६ गते देखि प्रदर्शनमा आउने फिल्म ‘लाल्टिन’ को निर्माण पक्षपनि यसको सिकार भैरहेको छ ।

बिहिबार आयोजित ‘लाल्टिन’ को जमघटमा दयाहाङ राई, प्रियंका कार्की जस्ता चलेका अनुहार अनुपस्थित हुँदा निर्माता भानु प्रताप आक्रोशित देखिए । उनले ‘चलेका कलाकारले दादागिरी देखाएको’ समेत भने । निर्माता प्रतापले कलाकारसँग प्रचारमा हिंड्ने कागजी सहमती गर्नु पर्ने आवश्यक रहेको र प्रचारमा नहिंड्ने कलाकारलाई विकास वोर्डले ठाउँमा ल्याउनु पर्ने र यसको तयारी समेत भैरहेको उनले बताए । यद्पी आफ्नो फिल्ममा भने कलाकारसँग त्यस प्रकारको सम्झौता नगरिएको उनले खुलाए ।

For More videos Log on to Mazzako TV