गायक कमल किरणको मारुनी भाकामा आधारित गीत ‘तल्ला घरे सान्नानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत मनोज राजको रहेको ‘तल्ला घरे सान्नानीे’ गीतमा स्वर कमल किरणको छ । नेपाली आधुनिक गीत गाउँदै तथा संगीत समेत गर्दै आएका किरणले ‘तल्ला घरे सान्नानीे’ गीत मार्फत मारुनी भाकालाई जोड दिएका छन् । गीतमा संगीत संयोजन चाद शिंहले गरेका छन् ।

भिडियोमा कमल संगै हेरुका लामा, रिना थापा मगर लगाएतले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको निर्देशन मनाङ गरुङ्गले गरेका हुन् । ‘तल्ला घरे सान्नानी’को भिडियोको सम्पादक बिष्णुहरी तिमल्सिना हुन् । भिडियो हेर्नुहोस :

For More videos Log on to Mazzako TV