बलिउड अभिनेत्री सोनम कपुरले वुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा ‘राष्ट्रिय फिल्म पुरस्कार’ प्राप्त गरिन् । उनलाई फिल्म ‘निरजा’मा ‘सानदार अभिनय’का लागि भारतको सबैभन्दा ठूलो फिल्म अवार्ड दिइएको हो ।

सो समारोहमा सोनम पुग्दा उनका पिता अनिल कपुर पनि साथमा थिए । तर, रमाइलो कुरा सोनम अनिलसँग मात्र कार्यक्रममा पुगेकी थिइनन् । उनको साथमा उनका प्रेमी आनन्द आहुजा पनि राष्ट्रपति भवन पुगेका थिए ।

आनन्दले सोनमले अवार्ड पाउँदै गर्दा ताली बजाएर खुशी मनाएका थिए । आनन्द र सोनम केही समयदेखि प्रेममा छन् । तर, दुबैले प्रेम स्विकार भने गरेका छैनन् । अभिनेता अक्षय कुमारले फिल्म ‘रुस्तम’बाट यो सम्मानीत पुरस्कार प्राप्त गरे ।

For More videos Log on to Mazzako TV