यतिबेला विश्वभर यदि कुनै फिल्मले तहल्का मच्चाएको छ भने, त्यो ‘बाहुवली’ नै हो । ४ दिनमै विश्वभरबाट ६ सय करोड कमाइसकेको यो फिल्मका अभिनेता प्रवासको चर्चा विश्वभर छ ।

अब, उनै सुपरस्टारको स्टैच्यूले एक चर्चित म्यूजियममा स्थान पाएको छ । बलिउडका सुपरस्टारहरुको स्टैच्यू बेलायतको म्याडम तुसादमा राखिएको छ । तर, साउथका सुपरस्टार रजनीकान्तदेखि कमल हसन सम्मले यो ठाउँमा स्थान पाएका छैनन् ।

अब, ‘बाहुवली’ अभिनेताको स्टैच्यू थाइल्याण्डको बैंककमा रहेको म्याडम तुसादमा राखिएको हो । यो तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

For More videos Log on to Mazzako TV