न्यूयोर्कमा चलिरहेको विश्वकै सबैभन्दा ठूलो फेसन महोत्सव ‘मेट गाला २०१७’मा अभिनेत्री प्रियंका चोपडाले लगाएको पहिरनलाई लिएर अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।

अभिनेत्रीले राल्फ लौरेनले डिजाइन गरेको ट्रेच कोट लगाएकी थिइन् । खबर अनुसार, अभिनेत्रीको यो कोटले विश्वकै लामो कोटको रेकर्ड समेत बनाएको छ ।

तर, पनि सामाजिक संजालमा चोपडाको यो पहिरनलाई लिएर निकै मजाक उडाइएको छ । कतिपयले त भारतका चर्चित क्रिकेट स्टेडियम नै छोप्न मिल्ने भन्दै मजाक बनाएका छन् । कसैले उनको लामो पहिरनको कुचो बनाएर स्वच्छ भारत अभियानको राजदुत समेत बताइरहेका छन् ।

For More videos Log on to Mazzako TV