अभिनेत्री संचिता लुईंटेलले आफ्नो जन्मदिन आफन्त र साथी सर्कलसँग मनाएकी छिन् । बैशाख १९ गते जन्मिएकी संचिताले जन्मदिनको शुभेच्छा भने देखि १७ गतेदेखि नै आउन थालेका सुनाइन् ।

वास्तविक जन्मदिन बैशाख १९ गते संचिताले जन्मदिनको केक साथी सर्कलसँग काटिन् । नायिका अनु शाह, मोडल सम्पदा बाँनिया, भिजे सुशिल नेपालसँग संचिताले जन्मदिनको केक काटिन् अनि रमाइलो गरिन् । ढिलै भएपछि सुन्दरी संचितालाई जन्मदिनको शुभकामना !

बिहे गरेर दुई सन्तानको मम्मी भएपछि संचिता अभिनयमा फर्किएकी छिन् । गत साल संचिता अभिनित फिल्म ‘राधा’ रिलिज भएको थियो । साथी सर्कलसँग संचिताको जन्मदिनको केही मज्जाका तस्बिरहरु हेर्नुस् :

For More videos Log on to Mazzako TV