विवाह पछि नेपाल आएकी नायिका गरिमा पन्तले आफु पढेको विद्यालयलाई आर्थिक सहयोग गरेकी छिन् । श्री मित्रता उच्च मा.वि. र श्री मस्र्याङदी सामुदायिक बिद्या मन्दिर नि.मा.वि लाई साढे तीन लाख साढे तीन लाख आफ्ना आमा र बुवाको हातबाट हस्तान्तरण गरेकी हुन् ।

आफुले गरेको सहयोग गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ रहेको गरिमाले फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् । आफु पढेको र आफ्नो गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरिमाले विवाह भएको गत बर्ष नै गरेकी थिइन् । हरी शर्मासँगको विवाह पश्चात गरिमा बेल्जियममै बस्दै आइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV