जनक पहारी ‘राज’ पेशाले व्यावसायी हुन् । पोखरामा उनले खान्दानी होटल व्यवसायलाई अंगाल्दै आइरहेका छन् । तर, खान्दानी विपरीत उनी साँगीतिक क्षेत्रमा पनि आवद्ध छन् । राज गीतका शब्द कोर्छन् । उनले एल्बम नै निकालिसको छन् ।

तारा प्रकाश लिम्बुको संगीतमा राजले ‘मायाको चिनो’ नामक एल्बम निकालेका थिए । हालसालै भने राजले अर्को गीतको भिडियो छायाँकन गरेका छन् । आफ्नै शब्द रहेको तारा प्रकाशको संगीत र प्रमोद खरेको स्वर रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्की, मोडल पुष्पल खड्का र विकास लामिछाने फिचरिङ छन् ।

दिनेश डिसीको निर्देशनमा बनेको भिडियो निकै नै राम्रो बनेको उनको भनाई छ । भिडियो छिट्टै रिलिज गर्ने तयारीमा रहेका राज फिल्म निर्माण समेत गर्ने सोचमा छन् ।

For More videos Log on to Mazzako TV