फिल्म ‘प्रेम गीत २’ ले ‘कभर गीत प्रतियोगीता’ आयोजना गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनी आशुसेन फिल्मसले युट्युबमा सार्वजनिक गरिएको ‘प्रेम गीत २’ को टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ ‘कभर गीत प्रतियोगीता’ आयोजना गरेको हो ।


‘कभर गीत प्रतियोगीता’ को घोषणा गर्दै फिल्मका निर्देशक रामशरण पाठकले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगीहरुले ‘प्रेम गीत २’ को शिर्ष गीत ‘कहानी यो प्रेम गीत को’ गाउन सक्ने बताए । प्रतियोगीहरुले गाउँदा जुनसुकै साँगीतिक बाधक भिडियो रेकर्डिङ डिभाइसेस वा हाईलाईट्सको युट्युब च्यानलमा उपलब्ध लिंक म्यूजिकल ट्रयाकलाई डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् । प्रतियोगीहरुले गाएको भिडियो यही बैशाख १८ असार २० गतेसम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ ।

सन्तोष सेनको लगानी रहेको फिल्म ‘प्रेम गीत २’ मा प्रदीप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको छायाँकन थाइल्यान्ड र नेपालमा गरिएको छ ।

For More videos Log on to Mazzako TV