‘विश्व डान्स डे’को दिन बलिउड अभिनेता साहिद कपुरले छोरी मिसा कपुरको एउटा भिडियो सार्वजनिक गरेका थिए । जुन भिडियोमा मिसा डान्स गरिरहेकी थिइन् । भिडियो सामाजिक संजालमा भाइरल पनि भयो ।

अब, उनै छोरी मिसासँग साहिद र पत्नी मिराले लन्च गरेका छन् । हालैमात्र छोरी र श्रीमतिको साथमा साहिद आउटिङमा निस्किएको तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा साहिदकी छोरी मिसा निकै क्यूट देखिएकी छिन् ।

बलिउड भन्दा बाहिरकी यूवती मिरासँग बिहे गरेपछि साहिद निकै खुशी छन् । अहिले, उनको घरमा मिसाको आगमन भएको छ । जसले गर्दा उनी धेरै भन्दा धेरै समय मिसासँग बिताइरहेका छन् ।

For More videos Log on to Mazzako TV