सुटिङ सकिएको केही दिनमै फिल्म ‘म यस्तो गीत गाउँछु’ को पहिलो रोमान्टिक गीति भिडियो रिलिज गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘भन्छु आज’ बोलको गीतमा पल शाह र पूजा शर्माको उत्कृष्ट क्यामेस्ट्री देख्न सकिन्छ । अप्पर मुस्ताङमा खिचिएका दृश्यहरु निकै सुन्दर छन् । गीतको भिडियो हेर्नुस् :

निर्देशक सुर्दशन थापाको शब्द रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । छायाँकन संजय लामाको छ । तीन गीतहरु मध्ये रोमान्टिक गीत नायिका शर्माको जन्मदिनको अवसर पारेर रिलिज गरिएको हो ।

लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ असार ३० गतेदेखि रिलिज हुनेछ । फिल्ममा पल र पूजासँगै सरोज खनाल, रुपा राना लगायत कलाकारहरुको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV