‘नाई मलाई थाहा छैन’का गायक सञ्जीव पराजुलीको पहिलो गीति एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एल्बम सार्वजनिक गरिएको हो । एल्बममा ५ वटा गीत समावेश छन् । ‘सुनयको अर्थ सुमार्ग भन्ने हुन्छ’ उनी भन्छन्, ‘मेरो छोरो नाम पनि सुनय हो, त्यो संयोग मिल्यो ।

त्यस्तै कार्यक्रममा ‘नाई मलाई थाहा छैन’ डान्स कम्पिटिसनका विजेतालाई पुरस्कार बितरण पनि गरिएको छ । विश्वब्यापी रुपमा गरिएको डान्स कम्पिटिसनमा प्रतियोगी नं २८ ‘ए इस्क्वाएर क्रिउ’का आयुस चौधरी र अभय चौधरीले पुरस्कार हात पारेका हुन् ।

विजेतालाई रु १ लाख नगद प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगी नं १५ ‘नागी डान्स सेन्टर, इटहरी’ लाई प्रोत्साहन स्वरुप रु २५ हजार प्रदान गरिएको थियो ।


बाबा एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको उक्त डान्स कम्पीटिसनमा ४० प्रतियोगीहरुले भाग लिएका थिए । ति मध्ये पनि उत्कृष्ठ १० लाई सम्मान स्वरुप प्रमाणपत्र बितरण गरिएको छ ।

For More videos Log on to Mazzako TV