हर्षिका श्रेष्ठ र मोहन बोगटीको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कुसुम’ सेन्सर पास भएको छ । जेठ २६ गतेबाट प्रदर्शन हुने यो फिल्मलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । १६ बर्ष भन्दा मुनिका बालबालिका अभिभावकको साथमा ‘मेरी कुसुम’ हेर्न जानु पर्नेछ ।

मे ५ मा ‘मेरी कुसुम’ को विशेष शो दुबइमा हुँदैछ । त्यसकारण पनि फिल्मको सेन्सर छिट्टै गरिएको हो । एनआर घिमिरेको निर्देशनमा तयार भएको यो फिल्मको छायाँकन म्याग्दी, पोखरा, काठमाण्डौ लगायत क्षेत्रमा गरिएको छ । फिल्म राम्रो बनेको नायक बोगटीले बताउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV