जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हिटलर’ को ट्रेलर  रिलिज गरिएको छ । फिल्म हलपछि निर्माण पक्षले आइतबार फिल्मको ट्रेलर रिलिज गरेको हो । सौरभ ढकाल निर्देशित यो फिल्मको ट्रेलरमा नायक सोहित मानन्धर र नव नायिका सामिया बर्तौला मुख्य रुपमा प्रस्तुत छन् । ट्रेलर हेर्नुस् :

‘हिटलर’ ट्रलरमा शोहि र सामियाको लभ, रोमान्स, अनि विछोडका साथमा अर्की नायिका मेनुका प्रधानको आगमन ट्रेलरमा देखाइएको छ । कलाकार ए गुरुङ ट्रेलर कमेडी शैलीमा प्रस्तुत भएका छन् । लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इन्कर्पोरेटको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

For More videos Log on to Mazzako TV