मोडल तथा अभिनेत्री सोनिका चौहानको कार दुर्घटनामा निधन भएको छ । शनिबार बिहान यो घटना भएको हो । उनी बंगाली टेलिभिजनका चर्चित कलाकार विक्रम चटर्जीको साथमा थिइन् । यो घटना कलकत्ताको सावेही एवेन्यूको नजिकै भएको हो । दुर्घटना यति डरलाग्दो थियो कि, सोनिका र उनका साथी विक्रम गम्भिर घाइते भएका थिए ।

सोनिकालाई अस्पताल पुर्याए लगतै मृत घोषित गरिएको थियो । विक्रम आफ्नो सेतो रंगको कार चलाइरहेका थिए । तर, जब उनको कारको सन्तुलन विग्रियो, कार सडक छेउकै डिभाइडरमा गएर ठोक्कियो ।

विक्रमको भने अहिले आइसीयूमा उपचार भैरहेको छ । सोनिका पश्चिम बंगालकी चर्चित मोडल तथा अभिनेत्री हुन् । उनको उमेर २८ बर्षको मात्र थियो ।

For More videos Log on to Mazzako TV