अहिले त बलिउड अभिनेत्री प्रियंका चोपडा भारत आउँदा बढी हंगामा हुन्छ । कारण, उनी अहिले भारतमा भन्दा बढी अमेरिकामा बस्दै आएकी छिन् । उनी, केही समय अगाडि भारत आउँदा निकै चर्चा भयो ।

उनले, नयाँ फिल्ममा काम गर्न लागेको चर्चा पनि भयो । तर, उनी भारत केही समय बसेर फेरि अमेरिकातर्फ लागेकी छिन् । प्रियंका अभिनित फिल्म ‘वेवाच’ चाडै नै भारतमा रिलिज हूँदैछ । यो फिल्मको हिन्दी भर्सनको ट्रेलर केही दिन अगाडि मात्र रिलिज भएको छ ।

मुम्बई एयरपोर्टमा प्रियंका निकै स्टाइलिस्ट देखिएकी थिइन् । निलो आउटफिट लगाएकी उनले हलिउड फिल्मको प्रचारका लागि चाडै नै भारत आउने समेत बताइन् ।

For More videos Log on to Mazzako TV