फिल्म ‘लप्पन छप्पन’ निर्देशन गरेका मुकुन्द भट्टले नयाँ फिल्मको तयारी थालेका छन् । मुकुन्द यतिबेला लोकेशन हेर्न अष्ट्रेलिया पुगेका छन् । शिर्षक जुराउँन बाँकी फिल्मलाई ‘लप्पन छप्पन’ का र नयाँ निर्माता मिलेर निर्माण गर्ने निर्देशक भट्टले जानकारी दिए ।

‘अष्ट्रेलियाबाट फर्किए लगत्तै प्रेसमिट हुन्छ’ स्क्रिप्ट समेत लेखिरहेका निर्देशक भट्टले भने, ‘लगभग कास्ट पक्का भैसकेको छ । प्रेसमिटमै सबै कुरा सार्वजनिक गर्नेछौं ।’ ‘लप्पन छप्पन’ का मुख्य पात्रहरु दोहोरिन सक्ने सम्भावना रहेको उनले बताए । ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ लगायतको अभिनय रहेको थियो । के नयाँ फिल्ममा यी सबै कलाकारहरु दोहोरिएलान् त ?

For More videos Log on to Mazzako TV