सन् २०१५ मा रिलिज भएर व्यापारिक धमाका मच्चाएको फिल्म ‘बाहुवली’को सिक्वेल ‘बाहुवली २’ शुक्रबारबाट रिलिज भएको छ ।

प्रवास र राना दगुबत्तीको मुख्य भूमिका रहेको यो फिल्म भारतमा मात्र ८ हजार हलमा रिलिज भएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो । विशेषगरि, ‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्न पहिलो श्रृङ्खलाले छाडेका कारण पनि दोश्रो श्रृङ्खला यति चर्चामा रहेको हो ।

‘बाहुवली २’ले ओपनिङ दिनमै नयाँ रेकर्ड राख्ने पक्का छ । यो फिल्मले हिन्दी भर्सनमा ९० प्रतिशतको अकुपेन्सी र अन्य भाषामा शत प्रतिशत अकुपेन्सीको व्यापार गरेको छ ।

यसैले पनि ८ हजार हलबाट फिल्मले सय करोड ग्रसको कलेक्शन गर्ने अनुमान गरिएको छ । फिल्मको समिक्षा पनि उत्कृष्ट छ । यसैले, यो फिल्मले व्यापारमा नयाँ रेकर्ड राख्ने देखिएको छ । एसएस राजमौलीको निर्देशनमा तयार भएको यो फिल्मको भीएफएक्सलाई निकै रुचाइएको छ ।

For More videos Log on to Mazzako TV