बलिउड अभिनेता साहरुख खानको लोकपि्रयता भारतमा मात्र होइन, विश्वभर नै छ । विशेषगरि, साहरुख भारत बाहिर फिल्मका कारणले मात्र नभएर, आफ्नो वौद्धिक क्षमताका कारण पनि चर्चामा छन् ।

उनै, साहरुखले भ्यानकुभरमा ‘टेड टक २०१७’को पाहुना बने । उनी, यो शोमा आफ्नो विचार व्यक्त गर्ने पहिलो भारतीय कलाकार हुन् । साहरुखले यो शोमा सहभागी हुँदा आफ्नो चर्चित गीत ‘लुङ्गी डान्स’मा पनि नृत्य गरे र अरु सबैलाई नचाए ।

अभिनेता खानको प्रभावशाली भनाइले उनको चर्चा अहिले सामाजिक संजालमा खुबै भैरहेको छ । साहरुखले आफूलाई यो शोमा सहभागी गराउने आयोजकप्रती धन्यवाद दिएका छन् ।

उनको जोक्स, सेन्स अफ ह्यूमर, प्रेरणादायी भनाइका कारण धेरै फ्यान भएका छन् ।

For More videos Log on to Mazzako TV