बलिउड अभिनेता ऋषि कपुरले नयाँ अभिनेतालाई लिएर आक्रोश पोखेका छन् । बिहिबार बलिउड अभिनेता विनोद खन्नाको निधन भयो ।

उनको बिहिबार बेलुकी नै अन्तिम संकार गरियो, तर नयाँ पुस्ताका कोही पनि कलाकार अन्तिम संकारमा पुगेनन् । यो कुराले ऋषि कपुरलाई निकै नै रिस उठ्यो । उनले ट्विटरमार्फत यो कुराको विरोध गरे । उनले ट्विटरमा लेखेका छन् कि’-नयाँ कलाकारलाई त लाज लाग्नुपर्ने हो । उनीहरु विनोद खन्नालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेनन् ।’

उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि अमिताभ, गुलजार लगायतका कलाकार पुगेका थिए । ऋषि कपुरले केही चम्चेहरु अभिनेत्री प्रियंका चोपडाको पार्टीमा पुगेको तर विनोद खन्नालाई अन्तिम श्रद्धाञ्जली दिन नपुगेको भन्दै आफू दुखी भएको बताएका छन् ।

For More videos Log on to Mazzako TV