बिहिबारदेखि मात्रै छायाँकन सुरु भएको फिल्म ‘छक्का पञ्जा २’ को टिजर बज्न थालेको छ, तर हलमा मात्रै । बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ को प्रदर्शनसँगै दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्मको टिजर हलमा प्रशारण हुन सुरु गरिएको हो । कस्तो छ त सुपरहिट फिल्म ‘छक्का पञ्जा’ सिक्वेलको टिजर ?

‘छक्का पञ्जा २’ को टिजरमा विशेषतः सुपरहिट गीत ‘साइँली’ समावेश छ । साइँली सुन्दै बाइकमा हुँकिएका राजा अर्थात् दिपकराज गिरी र हैट् अर्थात् बुद्धि तामाङको संवाद समावेश छ । ‘सबैजना चालिस कटेसी रमाउँने भन्छन् त राजा ?’ भन्ने हैटको जिज्ञासामा राजाको जवाफ छ, ‘चालिस कटेसी अरु रमाउँछन् त्यो भन्दा अघि चाहिं म रमाइलो गर्छु ।’ यो संवादले हलका दर्शकलाई हँसाएको थियो । ‘डायरी’ ट्रेलर :

असोज ११ गतेदेखि प्रदर्शनमा आउने ‘छक्का पञ्जा २’ सहित जेठ ५ देखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’, जेठ १२ मा आउने फिल्महरु ‘पर्व’ र ‘हिटलर’ अनि जेठ १९ देखि प्रदर्शनमा आउने फिल्म ‘जालो’ को टिजर तथा ट्रेलर ‘बाहुबली २’ सँग हलमा प्रदर्शन भैरहेका छन् । ‘बाहुबली २’ का कारण नेपाली फिल्महरु भने कुनै पनि प्रदर्शनमा आएका छैनन् । ‘पर्व’ ट्रेलर :

‘हिटलर’ गीत :

‘जालो’ ट्रेलर :

For More videos Log on to Mazzako TV