गायीका पुजा सुनुवारको ‘घुमाउँन कान्छा काठमाण्डौ सहर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सुनुवाको स्वर रहेको गीतको संगीत सुनिल मास्केको हो । गीतकार योगेन्द्र मणि दहालको शब्द रहेको ‘घुमाउँन कान्छा काठमाण्डौ सहर’को संगीत संयोजन भने प्रदिप श्रेष्ठको हो । भिडियोमा निराजन र बेनिसा फिचरिङ भएका छन् । निराजनले बेनिसालाई काठमाण्डौका बिभिन्न स्थानमा घुमाउँदै गरेको रोमान्टिक दृष्य भिडियोमा देख्न सकिन्छ ।

भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् । हरी हुमागाँईले खिचेको भिडियोलाई सम्पादक निसान घिमीरेले सम्पादन गरेका हुन् । भिडियो यस्तो छ :

For More videos Log on to Mazzako TV