पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले दोश्रो सातामा प्रदर्शनरत फिल्म ‘घामपानी’ हेरेका छन् । फिल्म समिक्षक दीपेन्द्र लामा निर्देशित यो फिल्म हेरेपछि डा.भट्टराईले प्रशंसा गर्दै फिल्मबारे उनले ट्वीट समेत गरेका छन् ।

बिहीबार काठमाण्डौंको कुमारी हलमा पत्नी हिसिला यमीसँग फिल्म हेरेपछि डा.भट्टराईले ‘घामपानी’ बारे लेखेका छन्, ‘दिपेन्द्र लामाको फिल्म घामपानीले नेपालको इन्द्रेणी र राष्ट्रियताको उत्खनन र प्रस्तुती उत्कृष्ट ढंगले गरेको छ है । सम्वद्ध सबैलाई मुरी मुरी धन्यवाद ।’ अन्र्तराजातिय युवा पुस्ताविचको प्रेम कथामा बनेको फिल्म ‘घामपानी’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ का कारण प्रदर्शनको तेश्रो सातादेखि भने ‘घामपानी’ मल्टिप्लेक्सबाट हट्नेछ । ‘बाहुबली २’ ले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । तस्बिर : अमुल थापा

For More videos Log on to Mazzako TV