फिल्म ‘मेरी कुसुम’ जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । तर यसै फिल्मबाट नायकको रुपमा डेव्यु गर्न लागेका मोहन बोगटी भने यतिबेला दुबईमा छन् । मोहन मे ५ मा दुबईमा फिल्मको रिलिज गर्ने तयारीमा छन् । मोहन फिल्मको रिलिजको समयमा नेपालमा हुने छैनन् । मोहनका अनुसार, उनी सो मितिमा चलचित्र रिलिजका लागि क्यानडा पुग्नेछन् ।

एन.आर घिमिरले निर्देशन गरेको यो फिल्मले प्रेमको कथा भन्छ । मोहनले भने–‘दुबइमा फिल्मको हाइप एकदमै राम्रो छ । यहाँ, ‘छक्का पन्जा, लुट २’ जस्ता फिल्मले गरेको व्यापार भन्दा माथिल्लो व्यापार गर्ने अवस्था छ । मोहन दुबइमा बसेकाले पनि उनलाई त्यहाँ फिल्म प्रदर्शन गर्न सजिलो भएको हो । यो फिल्ममा मोहनको साथमा नायिका हर्षिका श्रेष्ठ र नव–नायिका सुदिप्ताको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV