फिल्म ‘पर्व’ को ट्रेलर नेपाल युट्युव ट्रेन्डिङमा नम्वर वानमा पर्न सफल भएको छ । आइतबार युट्युवमा रिलिज गरिएको नम्रता श्रेष्ठ र कोशिस क्षेत्री अभिनित फिल्मको ट्रेलरलाई झण्डै एक लाख बीस हजारले हेरेका छन् । सस्पेन्स थ्रिल फिल्मको ट्रेलरलाई प्रतिक्रिया पनि सकारात्मक मिलेको छ । ट्रेलर यस्तो छ :

दिनेश राउत निर्देशित फिल्म ‘पर्व’ को ‘काले दाई’ बोलको गीत दर्शक तथा श्रोता माझ हिट भैसकेको छ । तर ट्रेलरमा भने ‘काले दाई’ गीतलाई समावेश गरिएको छैन् । माला लिम्बु र निश्चल बस्नेतले ‘काले दाई’ मा कम्मर मर्काएका छन् । सुवास गिरी र निकिता पौडेलले निर्माण गरेको फिल्म ‘पर्व’ आउँदो जेठ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV