झण्डै दश महिनाको तयारीपछि फिल्म ‘कृ’ को छायाँकन सुरु गरिएको छ । अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहने ‘कृ’ को छायाँकन ललितपुरमा रहेको एक अपार्टमेन्टबाट सोमबारदेखि सुरु गरिएको हो । भुवन केसी र सुवास गिरीको संयुक्त लगानीमा निर्माण हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

फिल्मको सुटिङ सुरु भएपनि हिरोइन अदिती बुढाथोकी भने मुम्बईमै छिन् । प्राप्त जानकारी अनुसार केही दिनमा अदिती नेपाल आउँनेछिन् । ‘कृ’ का लागि अनमोलले पारिश्रमिक मात्रै २० लाख लिएका थिए । तर उनले यो फिल्मकै लागि एक्टिङ, डान्स र फाइटको क्लास लिए । ‘कृ’ लाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।

For More videos Log on to Mazzako TV