यो बर्षकै प्रतिक्षित फिल्म ‘बाहुवली २’ शुक्रबारबाट रिलिज हुँदैछ । फिल्मका लागि २ बर्षदेखि आम दर्शकले खुबै प्रतिक्षा गरिरहेका छन् । यो फिल्म विश्वभर करिब १० हजार बढी हलमा चल्नेछ । जसकाकारण पनि यसको पहिलो दिनको व्यापार अहिलेसम्मकै रेकर्ड तोड हुने अनुमान धेरैको छ ।

यो फिल्म हेर्नका लागि दर्शकले सानो पैसा बोकेर नहुने भएको छ । कारण, यो फिल्मको ओपनिङ व्यापारलाई मध्यनजर राख्दै यसका वितरकले निकै महंगो टिकट दर तोकेका छन् । फिल्मका लागि दर्शकले दिल्लीमा सबैभन्दा महंगो टिकटका लागि २४ सय भारतीय रुपैयाँ तिनुपर्नेछ ।

ओभरसिजमा पनि यो फिल्मका लागि निकै महंगो डलर तोकिएको छ । कटप्पाले बाहुवलीलाई किन मारे भन्ने जान्नका लागि दर्शक उत्सुक छन् । जसका कारण पनि यो फिल्म अहिले सर्वाधिक चर्चा र हाइपमा छ । शुक्रबारबाट दर्शकले यसको जवाफ पनि पाउनेछन् ।

For More videos Log on to Mazzako TV