बलिउड मिडियामा अहिले नयाँ पुस्ताको चर्चा हाबी छ । बलिउडमा प्रवेश नै नगर्दा नै केही अनुहारहरु चर्चित बनेका छन् । त्यसमा पर्छिन्, अभिनेता सैफअली खानकी छोरी सारा अली खान । सारा अलीले बलिउडमा प्रवेश गर्ने भनेको लामो समय भैसकेको छ । तर, अहिले उनले ठूला ठूला ब्यानरका फिल्म रिजेक्ट गरेको चर्चा भैरहेको छ ।

उनले, केही दिन अगाडि मात्र अभिनेता आमिर खानको मुख्य भूमिका र यशराज ब्यानरको निर्माणमा बन्न लागेको फिल्म ‘ठग अफ हिन्दुस्तान’ नामक फिल्म रिजेक्ट गरेको चर्चा थियो ।

अब, उनले फिल्म खेल्नका लागि नयाँ शर्त पनि राखेको खबर सार्वजनिक भएको छ । साराले फिल्म ‘स्टूडेन्ट अफ द इयर’ पनि रिजेक्ट गरिन् । यसको पछाडि मुख्यतया फिल्ममा २ अभिनेत्री हुनु हो भनिन्छ । सारा, आफूले डेब्यू गर्ने फिल्ममा सोलो रुपमा देखिन चाहन्छिन् । यसैले पनि उनले टाइगर श्राफसँग रोमान्स गर्न मानिन्, कारण यो फिल्ममा २ अभिनेत्री हुनेछन् । आखिर, बलिउडमा प्रवेश नगर्दै साराको यस्तो शर्तले पछि उनलाई घाटा हुने त होइन ?

For More videos Log on to Mazzako TV