गत साल प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ बाट प्रशंसा पाएका कलाकार विपिन कार्की नयाँ फिल्ममा अनुबन्धित भएका छन् । ‘नाका’ नामक फिल्ममा विपिन गुण्डाहरुको नाइकेको भूमिका प्रस्तुत हुनेछ ।

फिल्म छायाँकनको लागि सिन्धुपाल्चोक तातोपानी नाका पुगेका विपिनले फिल्मको कथावस्तु बारे भने, ‘भूकम्पपछि भएको नाकाबन्दी र त्यसले गुण्डाहरुको ग्याङलाई पारेको असरको कथालाई फिल्ममा उठाइनेछ ।’ अमित श्रेष्ठले निर्देशन गर्ने फिल्ममा विपिन सहित रोविन तामाङ, सजन थापा मगर लगायत कलाकारहरु मुख्य भूमिकाको लागि पक्का भएका छन् । फिल्मको सम्पूर्ण छायाँकन नाका क्षेत्रमै हुने विपिन बताए । सुटिङ यही बैशाख १४ गतेबाट सुरु हुनेछ निर्देशक अमित श्रेष्ठले फिल्म ‘छड्के’ मा भिएफएक्सको काम गरेका थिए । ‘नाका’ लाई मिडिया आर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेको हो ।

For More videos Log on to Mazzako TV