मुम्बईको अनुपम खेर एक्टिङ स्टुडियोबाट चार महिने एक्टिङ कोर्स सिकेर फर्किएपछि नायिका सुरविना कार्कीले नयाँ अडान लिएकी छिन् । भर्खर एक दुई फिल्ममा मात्रै अभिनय गरेकी सुरविनाले अनुपम खेरसँ एक्टिङ सिकेपछि के लिइन त अडान ?

‘अब छानेर मात्रै फिल्म खेल्छु’ उनले भनिन्, ‘ब्यानर हेरेर मात्रै काम गर्छु । आफ्नो भूमिकालाई राम्रोसँग अध्ययन गर्छु ।’ एक्टिङ कोर्स गरेपछि आफु बल्ल परिपक्व भएको र जस्तो सुकै अवस्थामा पनि काम गर्न सक्ने उनले बताइन् । ‘झेली’ डेव्यु सुरविना अभिनित फिल्म ‘लुकामारी’ गत साल प्रदर्शनमा आएको थियो । अब सुरविनाले छानेर खेल्ने फिल्म कस्ता होलान् त ?

For More videos Log on to Mazzako TV