गत बैशाख ८ गते मुम्बईमा उपचारको क्रममा निधन भएका कलाकार प्रदीप सिहंको सोमबार दाहसंस्कार गरिएको छ । मुम्बईबाट सोमबारै कलाकार सिंहको पार्थिव शरीरलाई नेपाल ल्याई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । सूनचा तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की स्व.कलाकार सिंहलाई श्रद्धाञ्जली दिन प्रज्ञा भवन पुगेका थिए ।

नेपाल चलचित्र कलाकार संघको संयोजकत्वमा स्व.कलाकार सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान भवनमा राखिएको थियो । श्रद्धाञ्जलीका लागि अग्रज तथा केही केही नयाँ कलाकारहरु प्रज्ञामा पुगेका थिए भने चलचित्र कलाकार संघका संरक्षक नीर शाह र अध्यक्ष रामकेशर बोगटीले संघको झण्डा सिंहको पार्थिव शरीरमा ओढाएका थिए ।

स्व.कलाकार सिंहले ‘पच्चीस बसन्त’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए । उनका एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाण्डौंको बौद्धमा बस्दै आएका उनको दुवै मृगौलाले काम गर्न छाडेका थिए । त्यस्कै उपचारको लागि उन्लाई मुम्बई लगिएको थियो । सिंहको निधनले नेपाली कलाकार क्षेत्रले एउटा सच्चा कलाकार गुमाएको कलाकार संघको महासचिव समेत रहेकी कलाकार सरिता लामिछानेले बताइन् ।

For More videos Log on to Mazzako TV